साप्ताहिक संवाददाता
श्रावण १२, २०७५
वैज्ञानिक रूपमा वर्षामा मासु खानु हुँदैन भनेर कतै उल्लेख गरिएको छैन । यद्यपि आर्युवेदका अनुसार वर्षायाममा शरीरमा पित्त वृद्धि हुन्छ । मासुले पनि पित्त बढाउने हुँदा यसको सेवन निषेध गरिएको हो ।
अर्को कुरा, वर्षायाममा हावामा आद्रता कम हुने भएकाले मासु चाँडै बिग्रने सम्भावना हुन्छ । हामी सबैलाई थाहा भएकै कुरा हो, बिग्रिएको मासु कुनै पनि अवस्थामा स्वस्थकर हुँदैन ।
त्यसैले कतिपय मानिस यो मौसममा सकेसम्म मासु खानबाट जोगिन्छन् । अर्कातर्फ दूधमा मासुको ठीक विपरीत गुण हुन्छ । दूधको शीत गुणले शरीरमा बढेको पित्तलाई समन गर्न सहयोग गर्छ । त्यसैले वर्षायाममा दूधको सेवन शरीरका लागि लाभदायक मानिन्छ ।