साप्ताहिक संवाददाता
साउन प्रारम्भ भएसँगै कतिले माछा, मासु बारेका छन् । यस्तो बेला शाकाहारी परिकार पाइने रेस्टुराँमा भीड बढ्न थालेको छ । शाकाहारी परिकार तथा मिठाई पाइने राजधानीका केही प्रमुख रेस्टुराँ :
आँगन
झन्डै २२ वर्षअघि खुलेको आँगनका आउलेट त्रिपुरेश्वर पुतलीसडक, थापाथली, लाजिम्पाट, न्युरोड तथा ज्ञानेश्वरमा छन् । काठमाडौं बाहिर विराटनगर र पोखरामा पनि आँगनका शाखा छन् ।
खुल्ने समय : बिहान ९:३० बजे
गुलाब स्विट्स एन्ड रेस्टुराँ
सुन्धारा, न्युरोड तथा सिटी सेन्टरमा प्रमुख शाखा भएको गुलाब स्विट्स एण्ड रेस्टुराँ शाकाहारी खानेकुराका लागि प्रख्यात छ । छोलाभटुरा, चाट तथा मिठाइ यहाँ सबैभन्दा बढी अर्डर हुने आइटम हुन् ।
रामेश्वरम स्विट्स एन्ड स्न्याक्स
रसबरी, दूधबरी, राजभोग, समोसा आदिका लागि प्रख्यात रामेश्वरम स्विट्स एन्ड स्न्याक्सका शाखा न्युरोड, नयाँबानेश्वर, बत्तीसपुतली, अनामनगर तथा पेप्सीकोलामा छन् । यहाँ
४५ प्रकारका मिठाईका साथै ५५ प्रकारका फास्टफुड उपलब्ध हुन्छन् ।
टिपटप समोसा
समोसाका लागि प्रख्यात छ– टिपटप । महाराजगन्ज, न्युरोड, लगनखेलसहित ३ वटा शाखा छन् टिपटपका । यहाँ समोसा बाहेक मिठाई समेत उपलब्ध हुन्छ ।
संगम स्वीट्स
मिठाई तथा शाकाहारी खानेकुराका लागि चर्चित छ, संगम स्वीट्स । बानेश्वर, कालिमाटी तथा कमलादीमा गरी यसका ३ वटा शाखा छन् ।
सारंगी रेस्टुराँ, काठमाडौं
ठमेलस्थित सारंगी रेस्टुराँ खुलेको ५ वर्ष पुग्दैछ । यो पूरै शाकाहारी रेस्टुराँ हो । यो रेस्टुराँ भेगनहरूका लागि पनि हो । दही, दूध, चिज, क्रिम, माछा, मासु आदि केही नखानेहरू यो रेस्टुराँमा पुग्छन् । यो रेस्टुराँको मेनुमा मेन कोर्समा १० तथा अन्य १० वटा गरेर जम्मा २० वटा आइटम छन् । सारंगीमा खाजा खान २ सयदेखि ३ सय रुपैयाँसम्म बोक्दा हुन्छ । रेस्टुराँका म्यानेजिङ डाइरेक्टर केदार गान्धारीका अनुसार यो रेस्टुराँ नेपाली तथा विदेशी सबै उपभोक्तामा लक्षित छ ।
स्पेशल परिकार : फार्मर प्लेट, नाथोस, भिजन चिज केक तथा सोयाबाइट
स्थान : ठमेल