साप्ताहिक संवाददाता
चलचित्र ‘सुश्री सम्पति’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘हुकुम’ बोलको गीतमा चलचित्रका मुख्य पात्र सलोन बस्नेत, सारा शिर्पाली र बिनोद न्यौपानेलाई प्रस्तुत गरिएको छ । गीतमा दरबारमा हुने भारदारको नृत्यलाई प्रस्तुत गरिएको छ ।
सुरेश अधिकारीको शब्द/संगीत रहेको उक्त गीतमा बिशाल राई र मेलिना राईको स्वर रहेको छ । गीतलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् । सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको यो चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । अभिनेत्री प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन् ।
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारले सयुक्त रुपमा लगानी गरेका छन् ।
हुकुमको भिडियो :