साप्ताहिक संवाददाता
श्रावण १५, २०७५
छायांकनको तरखरमा रहेको चलचित्र ‘गोपी’मा अभिनेत्री वर्षा सिवाकोटी जोडिएकी छिन् । अभिनेता खगेन्द्र लामिछानेले दुई अभिनेत्रीसँग ‘रोमान्स’ गर्नेछन् । अर्की अभिनेत्री सुरक्षा पन्त यसअघिनै पक्का भैसकेकी छिन् ।
‘गोपी’को पटकथाले अन्तिम रुप लिएसँगै वर्षालाई कास्ट गरिएको निर्देशक दीपेन्द्र लामाले बताए । चलचित्रको घोषणा हुँदा खगेन्द्र र सुरक्षामात्र अनुबन्धित भएका थिए । निर्देशक दीपेन्द्रका अनुसार पटकथालाई सुहाउने भएकीले वर्षालाई लिइएको हो । दुई अभिनेत्री भए पनि यो त्रिकोणात्मक प्रेमकथा भने नरहेको बताईएको छ ।
खगेन्द्रले यसअघि वर्षासँग ‘पशुपति प्रसाद’ र सुरक्षासँग ‘धनपति’मा अभिनय गरिसकेका छन् ।
आरोही केसी निर्माता, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको ‘गोपी’को छायांकन आगामी भदौ १ गते काठमाडौंबाट सुरु हुँदैछ ।