साप्ताहिक संवाददाता
श्रावण १५, २०७५
भदौं १ गतेबाट प्रदर्शन प्रचारमा रहेको चलचित्र ‘जय शम्भु’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पछिल्लो समय निकै चर्चामा रहेको कलाकारद्धय प्रशान्त ताम्राकार र अनुपविक्रम शाहीको टकरावलाई देखाईएको छ । ट्रेलर पूर्ण एक्शन फ्लेवरमा सार्वजनिक गरिएको छ ।
ट्रेलरमा प्रशान्त र अनुपको अलवा बर्षा शिवाकोटी पनि फिचरिङ छिन् । जय शम्भु एक्शन लभ स्टोरी जनरामा निर्माण भएको यो चलचित्र रुपेश तामाङले निर्देशन गरेका हुन् ।
दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
चलचित्रको ट्रेलर :