स्वर्गीय श्रीदेवीकी छोरी जाहन्वी कपुरले आफ्नो डेब्यु चलचित्र धड्कको पहिलो दिनको शोबाटै शानदार प्रतिक्रिया प्राप्त गरिन् । जाहन्वी उक्त चलचित्रकी प्रमुख आकर्षण हुन् भने धेरै दर्शक श्रीदेवीकी छोरी कति सुन्दर छिन्, कस्तो अभिनय गर्छिन् भन्ने कौतुहलतामा थिए । यो कुरालाई यतै राखेर भर्खरै बलिउडमा चर्चा पाएको एउटा प्रशंगको कुरा गरौं ।
अभिनेत्री जाहन्वी कपुर अहिले अभिनेता राजकुमार रावको प्रेममा चुर्लुम्म डुबेको हल्ला फैलिएको छ । जाहन्वीलाई हालै एक अन्तर्वार्तामा मन पर्ने मान्छेका बारेमा प्रश्न सोधिएको थियो, उक्त प्रश्नको जवाफ दिँदै उनले घुमाउरो पारामा एक व्यक्तिको नाम जोडेकी छिन् ।
उनले अभिनेता राजकुमार राव आफूलाई निकै मन पर्ने व्यक्ति भएको कुरा बताएपछि यो हल्ला थप बल प्राप्त गरेको छ । जाहन्वीले इन्स्टाग्राम एकाउन्टमा राजकुमार रावलाई फलो गरेकी छिन् भने आई लव यूभन्दै अभिनेता रावको तस्बिरमा कमेन्टसमेत गरेकी छिन् । हेरौं यो प्रेमको जालो कहाँसम्म पुग्ने हो ?