साप्ताहिक संवाददाता
श्रावण १७, २०७५
क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्रेबर कितारोभिच विश्वकप फुटबलका क्रममा संसारभरका सञ्चारमाध्यममा छाइन् । उनको फुटबल प्रेम तथा फुटबलरहरूप्रतिको सद्भाव अनुकरणीय थियो ।
योचाहिँ तिनै राष्ट्रपतिकी जेठी छोरी १७ वर्षीया क्याटरिना कितारोभिचको हो, जसको चर्चा अहिले क्रोएसियाबाहिर समेत फैलिएको छ ।
फिगर स्टेकिङकी नेसनल च्याम्पियन क्याटरिनाको चर्चा कोलिन्डाले विश्वकपमा देखाएको छविका कारण पनि ह्वात्तै बढेको हो ।
स्कुल लेभलदेखि नै फिगर स्केटिङ खेल्दै आएकी क्याटरिनाले स्कुल लेभलका धेरै प्रतियोगिताहरूसमेत जितिसकेकी छिन् भने अहिले उनी क्रोएसियाको नेसनल टिमकी सदस्य हुन् ।