साप्ताहिक संवाददाता
श्रावण १८, २०७५
चर्चित टेनिस खेलाडी राफेल नाडालको प्रेम सम्बन्धका वारेमा कमै चर्चा हुन्छ । उनी टेनिस कोर्टमा जति आक्रामक देखिन्छन्, वाहिर उति नै विनम्र र शान्त छन् ।
राफेल नाडाल विगत १२ वर्षदेखि मारिया सिस्का परेलोसँगको प्रेम सम्बन्धमा छन् र टेनिसबाट सन्यास लिएपछि मात्र उनीहरू विवाह गर्न चाहन्छन् । आफू करिब ३० बर्षको हुँदा खेलबाट बिदा लिने र विवाह गर्ने इच्छा भए पनि ३२ बर्ष पुग्दा पनि त्यो धोको पुरा नभएको नाडाल बताउँछन् ।
मारिया पनि शान्त र सौम्य स्वभावकी छिन् । मारिया इन्स्योरेन्स कम्पनीमा काम गर्छिन् भने नाडालको च्यारिटी फाउन्डेसनको कामसमेत सम्हालिरहेकी छिन् । नाडालको प्रचार तथा फ्यान क्लब पनि उनैले हेर्छिन् ।