साप्ताहिक संवाददाता
निर्देशक : भोमन कटुवाल कलाकार : अनुपविक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजाता थापा, मीनकुमार तामाङ, नेयोना गुरुङ, राजन महर्जन, कल्याण अधिकारी आदि । संगीत : रञ्जित गजमेर तथा ओम सुनुवार
दुई दशकअघि निर्माण भएको लोकप्रिय चलचित्र साइनोको आमैले भन्थे धाराको पानी गीतलाई रिमिक्स गरेर झमकबहादुरमा राखिएसँगै यो चलचित्रप्रति दर्शकको चासो बढेको हो । यो गीतलाई दर्शकले राम्रै साथ दिएका छन् । यसअघि सार्वजनिक ट्ेरलर तथा पोस्टरबाट सकारात्मक प्रतिक्रिया बटुलेको झमकबहादुर टिम यो चलचित्रलाई दर्शकले साथ दिने कुरामा आशावादी छ ।
देशका ६० वटाभन्दा बढी हलमा एकसाथ प्रदर्शनमा आउने यो चलचित्रमा अपहरण तथा सुन तस्करीको कथा समेटिएको बताइन्छ । यही कारणले केही दिनअघि केन्द्रीय चलचित्र जाँच समितिले यसको सेन्सर रोकेको थियो । कुनै पनि दृश्य नकाटिए पनि केही ठाउँमा अपशब्द प्रयोग भएकाले सेन्सर बोर्डले म्युट गर्न निर्देशन दिएको बताइन्छ । १६ वर्षभन्दा मुनिकाले यो चलचित्र हेर्न अभिभावकहरूको साथ लिनुपर्नेछ ।
पहिलो ट्रेलर सार्वजनिक भएपछि यो चलचित्र दक्षिण भारतीय चलचित्र ‘मुम्बई एक्सप्रेस’ को फोटोकपि भएको भन्दै आलोचित भएको थियो । राजु किराँत राई द्वन्द्व निर्देशक रहेको चलचित्र झमकबहादुरलाई मीनकुमार तामाङले निर्माण गरेका हुन् । पवन गौतमले यो चलचित्रको दृश्य काठमाडौंका अतिरिक्त केही बाहिरी जिल्लामा समेत खिचेका थिए ।