साप्ताहिक संवाददाता
श्रावण १८, २०७५
तपाईं र्याप गीत सुन्न कत्तिको रुचाउनुहुन्छ ? अहिले र्याप गीत रुचाउनेहरूको जमात बढ्दैछ । यो क्षेत्रमा समर्पित भएर आउने र्यापरहरूको संख्या पनि थपिँदैछ, जसमा पोखराका र्यापर लाहुरे (आशिष राना) बहुचर्चित छन् ।
तिनै लाहुरेले भोलि ठमेल, नर्सिङचोकस्थित टर्टल लाउन्ज एन्ड क्लबमा र्याप गीत सुनाएर मनोरञ्जन प्रदान गर्ने भएका छन् । उक्त अवसरमा डिजे सुरेन, डिजे अशोक, डिजे पाल्देनहरूले समेत प्रस्तुति दिनेछन् भने एरियल्स ब्यान्डले पनि गीत सुनाउनेछ ।
आयोजक : टर्टल लाउन्ज एण्ड क्लब, ठमेल
समय : ७ बजे । प्रवेश : नि:शुल्क