नेपाल आर्ट काउन्सिलमा फोटो प्रदर्शनी

- साप्ताहिक संवाददाता

श्रावण १९, २०७५

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा फोटो पत्रकारहरूद्वारा खिचिएको फोटो प्रदर्शन भैरहेको छ । फोटो पत्रकार क्लबद्वारा  आयोजित उक्त प्रदर्शनीमा १ सय ६० वटा तस्बिर अवलोकन गर्न सकिन्छ । साउन २१ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा ९० जनाभन्दा बढी फोटोग्राफरको तस्बिर संकलित छ ।

पिजे क्लबले हरेक वर्ष सञ्चालन गर्दै आएको फोटो प्रतियोगिताका लागि यसपालि ७ हजार तस्बिर प्राप्त भएका थिए जसमध्ये उत्कृष्ट तस्बिरहरूलाई प्रदर्शनीमा राखिएको क्लबका अध्यक्ष विकास कार्कीले जानकारी दिएका छन् । 

 

प्रकाशित :श्रावण १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×