साप्ताहिक संवाददाता
व्यक्तिगत स्वार्थ मिलुन्जेल सबै ठीक हुन्छ, नमिल्दा लफडा (फ्रन्टपेज : जमाना सुगर ड्याडीको) । अचेलको जमानामा कसैको भर हुँदैन । हरेक सम्बन्धमा स्वार्थ छ । गलत सम्बन्धले मानिसलाई डुबाइरहेको छ । नेपाली समाजमा सुगर ड्याडीहरूको संख्या बढिरहेको छ । यसरी गाँसिएको सम्बन्ध आफैंलाई पासो हुनसक्छ भन्ने कुरामा ध्यान पुर्याउनु जरुरी छ ।
गोबिन्द श्रेष्ठ
पद त्यागेर पनि कानुनमन्त्री शेरबहादुर तामाङको प्रशंसा भयो (मंगल होस् : कानुनमन्त्रीको गल्ती र राजीनामा) । आफ्नो गल्तीको माफी माग्दा कोही सानो नहुने रहेछ ।
रोहित थापा
बंगलादेशको कूटनीतिक वृत्तबाट व्यापक असन्तुष्टि व्यक्त भएपछि बंगलादेश सरकारबाटै यससम्बन्धी विज्ञप्ति आउने सम्भावना थियो । त्यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा ओली सरकारको आलोचना हुने सम्भावना भएपछि अन्य उपाय नलागेर कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका हुन् (मंगल होस् : कानुनमन्त्रीको गल्ती र राजीनामा) ।
रबिन ढकाल
नयाँ कुरा जोखिमपूर्ण हुन्छ (युवा मन : परिवर्तनका कुरा) । यद्यपि जोखिम नलिई मानिस सफल पनि हुँदैन ।
मनिस श्रेष्ठ
काठमाडौं महानगरपालिकाले यहाँको फोहोरमैला व्यवस्थापनमा ध्यान पुर्याउन एकदम जरुरी छ (यात्रा सन्दर्भ : काठमाडौं सहरका परिघटना) । आर्थिक समृद्धिको नारा दिएर मात्र हुँदैन ।
बिनु कडायत
पञ्चम सिंहको कथा निकै रोचक रहेछ (अन्तर्वार्ता : मानिसलाई परिस्थितिले नियन्त्रण गर्छ) । मानिसको बिगत जस्तोसुकै भए पनि त्यसलाई असल कर्मले मेट्न सकिने रहेछ । भविष्य आफ्नै हातमा हुन्छ । पञ्चम सिंहको जीवनले आम मानिसलाई केही न केही सिकाएको छ । उनका कुरा धेरैभन्दा धेरै मानिस समक्ष पुर्याउन जरुरी छ ।
अभिजित बिष्ट
ठूलो रकम खर्चिएर विदेश जानुभन्दा कम रकममै स्वदेशमै अध्ययन पूरा गर्न सकिन्छ (शिक्षा : विदेशको शिक्षा कति खर्च ?) नेपालमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज खुलिसकेका छन् ।
रवीन्द्र यादव
फेसबुक पछि सबैभन्दा धेरै हेरिने भनेको युट्युब नै होला (१ अर्ब बढीले हेर्छन्) । हरेक क्षेत्रको ज्ञान बटुल्न युट्युब राम्रो विकल्प बन्दै गएको छ । संसारभर यसको प्रयोग बढिरहेको छ ।
जेपी तिमिल्सिना
राजनीतिक परिवारमा जन्मिए पनि स्मिताको रुचि भने संगीतमा रहेछ (संगीत : स्मिताको उडान) । उनको व्यक्तित्व सरल र सुन्दर लाग्यो । छोटो समयमै उनले कमाएको चर्चा लोभलाग्दो छ ।
मधु ज्ञवाली
गायिका आनिछोइङ डोल्मालाई सलाम छ (म्युजिक अपडेट : आनीको सहयोग) । उनले जुन रकम सहयोग गरिन् त्यो निकै ठूलो हो । राज्यका हरेक नागरिक तथा उच्च ओहदामा बस्ने व्यक्तिहरूले पनि गम्भीर भएर सोच्ने हो भने देशमा चाँडै परिवर्तन आउँछ ।
विवेक योञ्जन
छायांकनका लागि नेपालमै पनि उपयुक्त ठाउँहरू छन् (फिल्मी डायरी : टर्कीबाट रोजीको छायांकन) । ओझेलमा परेका यस्ता ठाउँको प्रवद्र्धन गर्ने हो भने विदेशीहरू समेत नेपाल आउन सक्छन् ।
राजन पराजुली
आफूमा प्रतिभा छ भने मोबाइलको सहाराबाटै संसारलाई चिनाउन सकिन्छ (म्युजिकल्ली क्वीन) । रेश्मा घिमिरे जस्तै धेरैका लागि म्युजिकल्ली एप्स बरदान सावित भएको छ । यसले आफ्नो प्रतिभा तिखार्न मद्दत पुर्याइरहेको छ ।
मनिस काफ्ले
परदेशमा आफ्नो व्यस्त जीवनशैलीबीच रुचिको पेशा अंगाल्न गार्है छ (शर्मिलाको दौड) । शर्मिला लामिछानेलाई फेसन तथा मोडलिङ दुवै क्षेत्रमा सफलता मिलोस्– शुभकामना ।
कुमार बिस्ट
‘मिस क्विन तनहँु–२०१८’ को उपाधि पाएकोमा स्वर्णिमा गुरुङलाई बधाई छ (‘मिस क्विन तनहँुमा स्वर्णिमा) । राष्ट्रिय स्तरका प्रतिस्पर्धामा सहभागी हुने बाटो खुलोस् ।
शान्ति गौतम
चीनमा कस्तो अचम्मको प्रतियोगिता हुँदोरहेछ (बूढी औंलाको कुस्ती) ! मनोरञ्जक खेल बूढी औंलाको कुस्तीले धेरैको ध्यान तानेको छ ।
सुरेश महरा