अमेरिकाको न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका–२०१८ का लागि प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठलाई आधिकारिक होस्ट ९कार्यक्रम प्रस्तोता० नियुक्ति गरिएको छ । मिस युनिभर्समा सहभागी हुन नग्मा अमेरिका पुगिसकेकी छन् ।
२०१२ की मिस नेपाल अर्थ नग्मा गत वर्ष फिलिपिन्समा सम्पन्न मिस युनिभर्सको अन्तिम आठौँ स्थानमा पुग्न सफल भएकी थिइन् । नग्मा वल्र्ड मिस युनिभर्सिटी नेपाल–२०१६ तथा मिस ईको युनिभर्स नेपाल २०१६ पनि हुन् । उनी कार्यक्रम प्रस्तोता, मोडल तथा सामाजिक कार्यकर्ताका रूपमा सक्रिय छिन् ।
मिस नेपाल नर्थ अमेरिकाका लागि श्वेता आचार्य तथा ममता गुरुङ जोशीलाई आधिकारिक डिजाइनर्स नियुक्त गरिएको छ । श्वेता आचार्य अमेरिकामै केही वर्ष अध्ययन गरेर हाल नेपालमा वेशभूषाकै क्षेत्रमा सक्रिय छिन् । यसैगरी ममता गुरुङ जोशीले मिम्जमार्फत आफ्नो चिनारी स्थापित गरेकी छिन् । जोशीले आईईसीबाट उच्च शिक्षा प्राप्त गरेकी हुन् ।