साप्ताहिक संवाददाता
श्रावण २०, २०७५
गीतकार कृष्ण पौडेलको पहिलो प्रेम डेनमार्कबाट सार्वजनिक भएको छ । कामको सिलसिलामा डेनमार्कमा बस्दै आएका पौडेलले उतैबाट आफ्नो पहिलो प्रेम सार्वजनिक गरेका हुन् ।
गीतकार पौडेलको पहिलो प्रेममा चल्तिका संगीतकार दीपक शर्माको संगीत तथा गायिका इन्दु बानियाँको आवाज रहेको छ ।
डेनमार्कमानै छायााकन भई निर्माण गरिएको गीतको म्यूजिक भिडियो कलाकार तथा इनास डेनमार्कका अध्यक्ष सन्तकुमार थापाले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा सन्तकुमार थापा र मल्लिका प्रधानले अभिनय गरेका छन् ।
पहिलो प्रेमको म्यूजिक भिडियो :