श्रावण २२, २०७५
रणवीर कपुर अभिनीत चलचित्र सञ्जुले चमत्कारिक व्यापार गरेपछि निर्माताहरू त खुसी छँदैछन्, त्यसले रणवीरको करिअरलाई समेत उकासेको छ । सूत्रका अनुसार रणवीरले आफ्नो पारिश्रमिकमा दोब्बर वृद्धि गरेका छन् ।
विगतमा रणवीरले एउटा विज्ञापनमा काम गरेबापत साढे ४ करोडभन्दा बढी लिने गरेका थिए भने अहिले उनले आफ्नो पारिश्रमिक ९ करोड पुर्याएका छन् ।
उनले केही समयअघि मात्र एउटा विज्ञापनका लागि ९ करोड लिएको बताइन्छ । भनिन्छ, रणवीरले चलचित्रको पारिश्रमिकसमेत वृद्धि गरेका छन् । उनी चाँडै आफ्नी गर्लफ्रेन्ड आलिया भट्टसँग चलचित्र ब्रह्मास्त्रमा देखिँदैछन् ।