साप्ताहिक संवाददाता
सबै वर्गकाले जिन्स लगाउँछन् ।
आकर्षक देखिने भएकाले जिन्स सबैको रोजाइमा पर्छ ।
धेरैजसोले टाइट जिन्स लगाउँछन् । टाइट जिन्स लगाउँदा नसासम्बन्धी समस्या सिर्जना हुनसक्छ ।
टाइट जिन्स लगाउँदा रक्त प्रवाहमा असर पर्न गै तिघ्रामा पीडा हुन सक्छ ।
टाइट जिन्सले मांसपेशी तथा जोर्नीमा असर पार्न सक्छ ।
लामो समयसम्म टाइट जिन्स लगाएर हिँडे दीर्घकालीन रूपमा हिपमा असर पर्न सक्छ ।
जिन्स खरिद गर्दा
बजारमा दुई दर्जनभन्दा बढी जिन्सका ब्रान्ड छन् ।
जिन्स खरिद गर्नुअघि त्यसमा प्रयोग गरिएको फेब्रिकका बारेमा जानकारी लिनु राम्रो हुन्छ ।
टिपिक्क टाँसिने भन्दा लुज र खुट्टा चलाउन सहज हुने किसिमको जिन्स खरिद गर्नुपर्छ ।
जिन्स किन्दा रंगमा ध्यान दिनुपर्छ । काममा जाँदा गाढा रंग तथा घुम्न जाँदा हल्का रंगको जिन्स लगाउनु उपयुक्त मानिन्छ ।