साप्ताहिक संवाददाता
ट्विटरको मेरो ‘क्रस’ लाई साथीहरू ठाउँ–ठाउँमा अकस्मात् भेटें भन्छन् । खै म चैं किन भेट्दिनँ के † झन् क्या राम्रो रै’छ, ह्यान्डसम रै’छन् भन्दा त राँको बल्ने के यो मनमा ।
मोनालिसा
म संघर्षको पुस्तक लेख्न जन्मिएको हुँ, सुसाइड नोट लेख्न होइन ।
प्रेम पोखरेल
कन्डम होइन सरकार, सेक्स टोय फ्रीमा बाँड । यहाँ मान्छे एड्स लागेर होइन बलात्कार भएर धेरै मरे । नारीलाई अधिकार होइन, सुरक्षा देऊ ।
अस्मु सापकोटा
प्रेम गर्न तिमीलाई पनि आउँछ, मलाई पनि आउँछ, तर फरक यत्ति हो, तिमी सयौंलाई गर्छौं । म मात्र तिमीलाई ।
चस्मिस
जीवनमा केही बन्नु छ, थाहा छ, तर के बन्नु छ थाहा छैन । त्यसैले जीवनलाई प्रगतितर्फ लान मुस्किल परिरहेको छ ।
बुडारे गके
यति धेरै ज्ञान त शास्त्रमा पनि लेखिएको हुँदैन होला, जति केटाहरू ट्वाइलेटको भित्ता तथा फेसबुक र ट्विटरको वालमा लेख्छन् ।
पण्डितनी बजै सविता बन्जाडे जी
धीत मरुन्जेल आँसु खसाल्न पनि नपाइने— थुइक्क जिन्दगी ।
इन्दु
वर्षभरि पढ्नुपर्ने पुस्तक किनेर पढ्न नसक्ने तर प्रत्येक दिन मोबाइलमा रिचार्ज गर्न सक्ने विद्यार्थीहरूबाट शिक्षित समाजको आशा गर्नु बेकार छ ।
रामेश्वर नेपाल
दुब्लो मान्छेलाई नहेप्नुस्, किनभने बिजुलीको तार पनि दुब्लो अर्थात् मसिनो हुन्छ तर झड्का मज्जासँग लाग्छ ।
निशान गौतम
बिहान–बिहानै खरानी भेटियो मेरो सिरानीमुनि । सायद फेरि कुनै सपना टुटेर जलेछ ।
मनोज मनु
उताबाट म्यासेज आयो : ओई रातभरि फेसबुक मात्र चलाउँछौ, कति बेला निदाउँछौ ?
रिप्लाई गरें : तिमी निदाएपछि
फेरि प्रश्न आयो : आखिर किन ?
जवाफ दिएँ : किनभने तिमी निदाएपछि, म ब्युँझनुको कुनै कारण बाँकी रहँदैन ।
प्रमिला प्रमिला
एकदम सस्तो र गुणस्तरीय लभ गर्न कुन सिम प्रयोग गर्नु उपयुक्त हुन्छ ? कसैले बताइदिनुपर्यो सरकार !
आई एम नट् भेरी ब्याड
सम्बन्ध त दुई आँखाजस्तो होस् ताकि आँसु झर्दा दुवैबाट एकसाथ झरोस् ।
स्मिता थापा
हेर केटा हो † ब्रत बस्ने बूढीभन्दा कच्कच् नगरी बस्ने बूढी खोज, उमेर अलिकति भए पनि बढ्नेछ ।
डियर मगर्नी
जन्म र मृत्यु त इश्वरको हातमा छ । मानिसको हातमा त केवल मोबाइल छ । नपत्याए हेर्नुस् त आफ्नै हातमा ।
सबु (तिते करेली)
बिनाकारण मुस्कुराउँछु यति धेरै कि, एक दिन थाक्नेछ यो जिन्दगी पनि मलाई दु:ख दिँदादिँदै ।
लम्जुङकी चेली
ब्वाइफ्रेन्ड त कमजोरहरूलाई मात्र चाहिने हो । हिम्मतवालीहरूले त झ्याप्प लार पन्चेबाजा बजाउँदै बिहे गर्छन् ।
सवी
आगराको ताजमहलभन्दा ठूलो महल बनाउन मन छ उनको झोकमा, तर के गर्ने पैसा छैन ।
पृथक दाहाल
सुगन्धित गुलाब बन्नुभन्दा मेहेन्दी बन्नु ठीक । किनभने गुलाब त फुल्छ अनि झर्छ तर मेहेन्दीले आफू पिसिएर अरूको जीवनमा रङ्ग भर्छ ।
अंशु आचार्य
एउटा सपना टुटेर चकनाचुर भए पनि अर्को सपना देख्ने हौसला राख्नुलाई नै जिन्दगी भनिन्छ ।
लक्षु
तिम्रो मायामा म बर्बाद भएँ रे । कत्ति न म चाहिं उसको मायामा इन्जिनियर भा’जस्तो ।
जमुना पोखरेल
जिन्दगी आफैले कोरेर बनाउने तस्बिर रहेछ । मेहनत गरे चित्र, अल्छी गरे विचित्र ।
ठकुरी मिरा
जिन्दगानीमा पहिलो पटक कत्रो हिम्मत गरेर एउटालाई आँखा झिम्क्या’को, कालो चस्मा त खोल्नै बिर्सेछु गाँठे । त्यो पनि सपनामा ।
अप्सरा भट्टराई