साप्ताहिक संवाददाता
सञ्चारकर्मी सबिता पोख्रेलले लेखेको पहिलो गीत सार्वजनिक भएको छ । तीज गीत मार्फत सञ्चारकर्मी सबिता गीतकारका रुपमा पहिलो पटक सार्वजनिक भएकी हुन् । यसै साता राजधानीमा उनले लेखेको ‘बिरानो भयो माईतीको आगनी’बोलको गीत सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा गायिका काब्य आचार्यको स्वर तथा संगीत समावेश गरिएको छ । गीतमा विपिन आचार्यको संगीत संयोजन रहेको छ । उक्त गीतको म्यूजिक भिडियो नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ गीतकार उन्नती शीला बोहराको प्रमुख आतिथ्यतामा गायक शिव परियार, गीतकार संघ नेपालका उपाध्यक्ष भरत बमजन लगायतका स्रष्टा कलाकारले सार्वजनिक गरेका हुन् ।
गीतको म्यूजिक भिडियो भने राजीव बलामीले निर्देशन गरेका हुन् । भिडियो मोडलहरु रिना थापा मगर, रिना राउत र मेलिना ठकुरीले अभिनय गरेका छन् । कृष्ण श्रेष्ठले छायांकन गरेको म्यूजिक भिडियोलाई दिनसन शाहले सम्पादन गरेका हुन् ।
विरोनो भो माईतीको आगनीको म्यूजिक भिडियो M