साप्ताहिक संवाददाता
श्रावण २८, २०७५
चलचित्र सुश्री सम्पती मंसिर २८ गतेबाट प्रदर्शनमा आउने भएको छ । भाद्र २२ मा रिलि जगर्ने तयारीमा रहेको चलचित्र युनिटले प्राविधिक कठिनाइका कारण चलचित्र रिलिज डेट पछि सारेको हो ।
सुव्रत आचार्यले निर्देशन गरेको यो चलचित्रमा सलोन बस्नेत, सारा शिर्पाली र बिनोद न्यौपानेले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक आचार्यले लेखेका हुन् ।
चलचित्रमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारले सयुक्त रुपमा लगानी गरेका छन् । चलचित्रमा सारा, सलोन र बिनोदका साथमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकार पनि देखिने छन् । चलचित्रको ‘हुकुम’बोलको गीत केहि समय अघि नै सार्वजनिक भएको छ ।