साप्ताहिक संवाददाता
संसारमा आफ्ना कामदारलाई सबैभन्दा बढी न्यूनतम पारिश्रमिक उपलब्ध गराउने मुलुक कुन होला ? यो प्रश्नमा हामी सबैको खुलदुली हुनु स्वभाविक हो । यो विषयमा अर्गनाइजेसन फर इकोनोमिक्सको अपरेसन एन्ड डेभलपमेन्टले जारी गरेको प्रतिवेदनअनुसार युरोपको लग्जेम्वर्ग आफ्ना कामदारलाई सबैभन्दा बढी न्यूनतम पारिश्रमिक उपलब्ध गराउने देश हो । प्रतिवेदनअनुसार लग्जेम्वर्गमा प्रतिसाता ४० घन्टा काम गर्ने कुनै पनि मजदुरको न्यूनतम वार्षिक तलव २५ लाख ३२ हजार नेपाली रुपैयाँ छ ।
यो सूचीको दोस्रो स्थानमा नेदरल्यान्ड छ । जहाँ कुनै पनि कामदारले प्रतिसाता ४८ घन्टा काम गरेबापत प्रतिवर्ष न्यूनतम २३ लाख ६० हजार नेपाली रुपैयाँ प्राप्त गर्छन् । यो सूचीको तेस्रो स्थानमा अस्ट्रेलिया छ, जहाँका मजदुरले प्रतिसाता ३८ घण्टा काम गरेबापत प्रतिवर्ष न्यूनतम २३ लाख ३५ हजार नेपाली रुपैयाँ बुझ्छन् । यो सूचीको चौथो स्थानमा बेल्जियम, पाँचौं स्थानमा जर्मनी, छैटौं स्थानमा फ्रान्स, सातांै स्थानमा न्युजिल्यान्ड, आठौं स्थानमा आयरल्यान्ड, नवौं स्थानमा बेलायत तथा दसौं स्थानमा क्यानाडा छन् ।