श्रावण २९, २०७५
बलिउडमा नातागोता एकदमै चल्छ भन्ने कुरा नौलो रहेन । बलिउडमा पकड जमाएका केही अभिनेता–अभिनेत्रीलाई हेर्ने हो भने उनीहरूमध्ये अधिकांश चलचित्रकै छत्रछायाँमा हुर्किएकाहरू नै पाइन्छन् ।
अभिनेता शाहरूख खानकी छोरी सुहाना चलचित्रमा आउने भारतीय मिडियाहरूले दाबी गरिरहेका बेला केही समयअघि करण जौहरले उनलाई आफ्नो चलचित्रमा लिने चर्चा चलेको थियो ।
अहिलेसम्म कुनै पनि चलचित्रमा नदेखिएकी ब्युटिफुल सुहाना पहिलो पटक म्यागजिनको आवरणमा अटाएकी छिन् । उनले आफ्नो पहिलो स्टनिङ एन्ड बोल्ड फोटोसुट भोग म्यागजिनका लागि गराएकी हुन्, जसले यतिवेला राम्रै चर्चा बटुलेको छ ।
आफ्नी छोरीको कभर तस्बिर भएको म्यागजिन शाहरूख खानले नै सार्वजनिक गरेका हुन् । शाहरूखले ट्विटरमा सुहानाको उक्त कभर सेयर गर्दै भनेका छन्, ‘फेरि एकपटक छोरीलाई आफ्नो हातले उचालिरहेको छु धन्यवाद भोग ।’