साप्ताहिक संवाददाता
दर्जनौं म्युजिक भिडियो, थुप्रै फेसन शो तथा विज्ञापनमा अभिनय गरिसकेकी मोडल आश्मा गिरीले यतिबेला अभिनेत्रीका रूपमा चलचित्रमा पदार्पण गरेकी छिन् । छोटो चलचित्र ‘रङ टाइम’ मा अभिनय गरेकी गिरीले चलचित्र ‘ड्रिम गर्ल’ मा शीर्ष भूमिका निर्वाह गरेकी छिन् । चलचित्रको टिजर, ट्ेरलर तथा गीतमा सुन्दर देखिएकी आश्मालाई मनपर्ने पाँच अभिनेता :
सौगात मल्ल
मलाई अभिनेता सौगात मल्ल भर्सटाइल लाग्छन् । उनलाई हरेक प्रकारको भूमिका सुहाउँछ ।
भुवन केसी
मैले अभिनेता भुवन केसीका अधिकांश चलचित्र हेरेकी छु । केसीको अनुहारमा जुन चार्म छ, त्यो अरूमा पाउन सकिँदैन ।
प्रदीप खड्का
युवा पुस्ताका अभिनेतामध्ये प्रदीप खड्का स्विट लाग्छन् । म उनको हरेक अदाको फ्यान हुँ ।
अनमोल केसी
भुवन केसीझैं अनमोलमा पनि एक प्रकारको छुट्टै आकर्षक छ । उनी अभिनय नै गर्न जन्मिएका हुन् झैं लाग्छ ।
आकाश श्रेष्ठ
मैले चलचित्रमा अनस्क्रिन रोमान्स गर्न पाएको पहिलो अभिनेता, जो हेन्डसम मात्र छैनन्, अभिनयमा समेत अब्बल छन् ।