साप्ताहिक संवाददाता
एकदिने घुम्ती साहित्य उत्सव आयोजना गर्दै आएको प्रकाशन संस्था फाइनप्रिन्टले यही भाद्र २ गते शनिबार, पोखरास्थित सिटी स्क्वायर ब्याङ्क्वेट् तथा रेष्टुराँको सहकार्यमा फाइनप्रिन्ट फिभर गर्दैछ ।
गएको बैशाखदेखी सूरु भएको उक्त घुम्ती साहित्य उत्सव सुर्खेत, धनगढीमा, वर कोहलपुरमा सम्पन्न गरिएको थियो । पोखरामा हुँन लागेको उक्त उत्सवको उद्देश्य पठन संस्कृति प्रवद्र्धन गर्न, लेखक र पाठकबीचको आत्मियता अझ प्रगाढ बनाउन आयोजना गर्न लागिएको हो ।
यस उत्सवमा फाइनप्रिन्टले २०७४ सालमा छापेका पुस्तक ‘महको म’ का लेखक मदनकृष्ण श्रेष्ठ, ‘रजगज’ का लेखक हरिबहादुर थापा, ‘माङगेना’ का लेखक युग पाठक, ‘काठमाडौंमा एक दिन’ का लेखिका शिवानी सिंह थारु, ‘यार’ का लेखक नयनराज पाण्डे सहित लेखक अमर न्यौपाने तथा केही स्थानीय लेखक, पत्रकार सहभागी हुनेछन् ।
फाइनप्रिन्ट फिभरको समापन लगत्तै साँझ ६ बजे ‘अ कन्र्भससेन एन्ड म्युजिकल इभिनिङ विथ मदनकृष्ण श्रेष्ठ एन्ड कन्दरा ब्यान्ड’ नाम दिइएको रात्रिभोज सहितको कार्यक्रम हुँनेछ । यस कार्यक्रममा मदनकृष्ण श्रेष्ठसँग संवाद गरिनेछ । साथै, श्रेष्ठ र कन्दराब्याण्डले आफ्ना केहि कालजयी गीतहरु प्रस्तुत गर्नेछ ।
‘फाइनप्रिन्ट फिभरजस्ता साहित्यिक गतिविधिले लेखक र पाठकबीच संवादको अवसर सिर्जना गर्छ ।’ यस उत्सवमा सहभागी हुँने लेखिका शिवानी सिंह थारुले भनिन्, ‘हामी लेखकले हाम्रा सीमितता तथा सम्भाव्यता जान्ने मौका पाउाछौ भने पाठकले लेखनमा गरिएको प्रयोग, लेखन प्रक्रिया र लेखनप्रति लेखकको सोच थाहा पाउने अवसर पाउाछन् ।’
कार्यक्रम सह–आयोजक रहेको सिटी स्क्वायर ब्याङ्क्वेट तथा रेष्टुराँका प्रबन्ध निर्देशक आर्दशमान श्रेष्ठ भने, ‘सिटी स्क्वायरलाई विवाह, व्रतबन्ध जस्ता कार्यक्रमको मात्र थलो नबनाई कला, साहित्य, संस्कृतिको साझा गन्तव्य बनाउन प्रयत्न गरिरहेका छौं ।’ उनले थपे, ‘नेपालका चर्चित व्यक्तित्व तथा लेखकहरुलाई आफनै आँगनमा स्वागत गर्न पाउादा हामी अत्यन्तै हर्षित छौं ।’