साप्ताहिक संवाददाता
न्यु योर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेतामा मोनिका घले घोषित भएकी छिन् । आफ्ना १७ प्रतियोगीलाई पछि पार्दै उनले प्रतियोगीताको शिर्ष ताज पहिरिएकी हुन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ कि प्रथम बिजेता सुजाता लामा तथा द्वितीय बिजेता श्रीजना राई घोषित भएका छन । मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यूयोर्क स्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्त ११ मा सम्पन्न भएको हो ।
अन्तिम १७ जना प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु, मेक्सिको र क्यानडाबाट समेत सहभागिता रहेको थियो । पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागी मध्ये दोस्रो चरणमा १० जना पुगेका थिए ।
दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०१८ कि बिजेता, प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।
प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकि थिईन । यसै गरि सन २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफ सम्बन्धमा तालिम तथा मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिएका थिए ।
कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको हो ।