साप्ताहिक संवाददाता
श्रावण ३०, २०७५
अभिनेता सञ्जय दत्तले पानीपतको तेस्रो लडाइँमा आधारित चलचित्र पानीपतमा काम गर्ने भएका छन्, जसमा उनी अफगानिस्तानका शासक अहमद शाह अब्दालीको भूमिकामा देखिनेछन् ।
सलमान खानको चलचित्र भारत छोडेर अमेरिका हान्निएकी अभिनेत्री प्रियंका चोपडाले अमेरिकी टेलिभिजन शृङ्खला क्वान्टिकोमा पनि काम नगर्ने घोषणा गरेकी छिन् ।
अभिनेता अक्षयकुमारले एक मिडियालाई अन्तर्वार्ता दिँदै आफ्ना प्रशंसकहरूको चाहनाअनुसार मात्र चलचित्र साइन गर्ने कुरा खुलासा गरेका छन् ।
निर्देशक सञ्जयलीला भन्सालीले हालै चलचित्र पद्मावतमा दिपिका पादुकोणलाई नलिएर ऐश्वर्या रायलाई लिन चाहेको खुलासा गरेका छन् ।
पूर्व मिस इन्डिया झटलेका मल्होत्राले सञ्जयलिला भन्सालीको नयाँ चलचित्रमा काम गर्ने भएकी छिन्, यद्यपि उक्त चलचित्रको शीर्षक अझै सार्वजनिक गरिएको छैन ।