साप्ताहिक संवाददाता
श्रावण ३०, २०७५
गायक शकर पन्तको तीज गीत सार्वजनिक भएको छ । गायक पन्तले आफ्नै शब्द/संगीतमा ‘साली भेना’बोलको तीज गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा गायक पन्तलाई गायिका देवी घर्ति मगरले साथ दिएकी छिन् ।
सार्वजनिक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । मौसम हिमालीले निर्देशन गरेको म्यूजिक भिडियोमा मन्सिका गुरुङ र राजु ढकालले अभिनय गरेका छन् । दुर्गा पौडेलले खिचेको म्यूजिक भिडियो नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।
पन्तका यस अघिका ‘बल्ल अहिले चाल पाए, गाईको बाच्छी, चौतारीमा पर्ख’लगायतका गीतहरू चर्चामा छन् ।
साली भेनाको म्यूजिक भिडियो :