साप्ताहिक संवाददाता
संसारमा ३ हजारभन्दा बढी प्रजातिका सर्प पाइए पनि अन्टार्कटिका महाद्वीपमा सर्प पाइँदैन ।
सर्पको शरीरमा चिसो रगत हुन्छ । सर्पले आफ्नो वरिपरिको वातावरणअनुसार आफ्नो शरीरको तापक्रममा परिवर्तन ल्याउन सक्छ । त्यसैकारण गर्मीयाममा सर्पको शरीर चिसो हुन्छ भने जाडोयाममा तातो हुन्छ ।
सर्पले आफ्नो आहारा कहिल्यै पनि चपाएर खाँदैन, सिंगै निल्छ । किनभने सर्पको बंगारा हुँदैन ।
सर्पले आफ्नो मुखलाई १ सय ५० गुणासम्म फैलाउन सक्छ भने आफ्नो पेटलाई पनि आवश्यकताअनुसार तन्काउन सक्छ । त्यसैले सर्पले आफ्नो शरीरको आकारभन्दा दोब्बर ठूलो आहारा पनि सजिलै निल्न सक्छ ।
बाओ तथा एनाकोन्डा जातिका सर्प नमर्दासम्म सक्रिय रहन्छन् ।
सामान्य सर्प निरन्तर रुपमा खाइरहनुपर्ने स्वभावका हुन्छन् भने राजगोमन १ महिनासम्म केही नखाई बस्न सक्छ ।
सर्पको कान हुँदैन, त्यसैले त्यसले जमिनमा हुने कम्पनका आधारमा आफ्नो वरिपरि केही वा कोही भएको अनुमान गरेर आफ्नो टाउको उठाएर प्रतिक्रिया जनाउँछ । यसैकारण सर्प ज्यादै चनाखो र शत्रुप्रति अनुदार हुन्छ । सर्पले आफ्नो वरिपरिको गन्ध थाहा पाउन नाकको नभै जिब्रोको सहयोग लिन्छ ।
शरीरको अनुपातमा सर्पको छाला निरन्तर बढिरहेको हुन्छ । त्यसैले सर्पले हरेक वर्ष ३ देखि ६ पटकसम्म काँचुली फेर्छ ।
अफ्रिकामा पाइने ब्ल्याक माम्बा जातिको सर्प सबैभन्दा छरितो सर्प हो । यो सर्प प्रतिघन्टा २० किलोमिटरको गतिमा ओहोरदोहोर गर्न सक्छ ।
संसारमा सबैभन्दा धेरै सर्प पाइने ठाउँ ब्राजिलको एउटा टापु हो जहाँ प्रतिवर्गमिटरमा ५ वटा सर्प पाइन्छ ।
दुईटाउके सर्प लोककथाको कल्पना मात्र होइन । ब्राजिलको जंगलमा पाइने यस्ता दुईटाउके सर्प प्राय:गरी खाना निल्ने विषयमा एक–अर्कासँग झगडा गरिरहन्छन् ।