साप्ताहिक संवाददाता
भाद्र १, २०७५
सर्पको टोकाइपछि त्यसको उपचारका लागि प्रयोग हुने खोप एन्टी स्नेक भेनम सर्पकै विषबाट तयार पारिन्छ । एन्टी स्नेक भेनम बनाउनुअघि सर्पको विषलाई घोडाको शरीरमा सारिन्छ । घोडाले सर्पको विषलाई सजिलैसँग आफ्नो शरीरमा एडजस्ट गर्छ ।
त्यसरी घोडामा सारिएको सर्पको विषले घोडाको रगतमा एन्टी स्नेक भेनमको प्रारम्भिक चरणको विकास गर्छ । भेनम विकसित भएपछि घोडाबाट एन्टीबडीयुक्त रगत निकालेर विशेष प्रक्रियाद्वारा प्रसोधन गरिन्छ । यसरी प्रसोधन गरिएको रगतबाट औषधी निर्माताहरूले एन्टी स्नेक भेनम तयार गर्छन् । एन्टी स्नेक भेनम धेरैजसो इन्जेक्सनका रूपमा प्रयोग गरिन्छ ।