साप्ताहिक संवाददाता
भाद्र १, २०७५
आज शुक्रबार प्रदर्शनमा आउने एक्सनप्रधान चलचित्र जय शम्भु ८० वटा हलमा एकसाथ प्रदर्शन हुनेछ । काठमाडौं तथा ललितपुरमा खिचिएको जय शम्भु एक्सन, लभस्टोरीमा आधारित भएको अभिनेता अनुपविक्रम शाहीले बताएका छन् । अभिनेत्री वर्षा शिवाकोटीका लागि दुई अभिनेता प्रशान्त र अनुप विक्रमको प्रेम तथा द्वन्द्वमा आधारित यो चलचित्रको कथा शिक्षा काफ्लेले लेखेकी हुन् भने हरि घले लामा यसका छायाँकार हुन् । चलचित्रको ‘म त परें तिम्रै भर’ को गीतमा अञ्जु पन्त र टंक बुढाथोकीको स्वर रहेको छ भने गीतमा बुढाथोकीले संगीत भरेका छन् ।
निर्देशक : रुपेश तामाङ
कलाकार : अनुपविक्रम शाही, प्रशान्त तम्राकार, वर्षा शिवाकोटी आदि ।