साप्ताहिक संवाददाता
भाद्र २, २०७५
आज भदौ २ गते शनिबार पोखरामा एकदिने घुम्ती साहित्यिक महोत्सव हुँदैछ । ‘फाइनप्रिन्ट फिभर’ शीर्षकको उक्त महोत्सव सिटी स्क्वायर न्युरोड, पोखरामा हुनेछ ।
महोत्सवमा मदनकृष्ण श्रेष्ठ, नयनराज पाण्डे, महेशविक्रम शाह, हरिबहादुर थापा, युग पाठक, शिवानीसिंह थारु, अमर न्यौपानेसहित पोखराका लेखक तथा पत्रकारहरू सहभागी हुनेछन् ।
स्थान : सिटी स्क्वायर, न्युरोड, पोखरा
प्रवेश : नि:शुल्क समय : ११ देखि साढे ४ बजेसम्म