साप्ताहिक संवाददाता
भाद्र २, २०७५
बानेश्वर थापागाउँस्थित कुञ्ज थिएटरमा नाटक वासुदेव मञ्चन हुने भएको छ । यो नाटकका लेखक सन्दीप श्रेष्ठ हुन् जसलाई सन्दीप श्रेष्ठ तथा नवीन भट्टले निर्देशन गर्दैछन् ।
फोरक्युब इन्टरटेनमेन्टले निर्माण गरेको नाटक वासुदेवमा सन्दीप श्रेष्ठ, आयुष प्याकुरेल, सुरभी सापकोटा, आभा नेपाल आदि कलाकारले अभिनय गर्नेछन् । यो नाटक भदौ १५ देखि ३१ गतेसम्म मञ्चन हुने बताइएको छ ।