भारतीय चित्रकला प्रदर्शनी

- साप्ताहिक संवाददाता

भाद्र २, २०७५

 

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भारतीय लेखक, निर्देशक, कवि तथा चित्रकार मलेच मेजस्कीको एकल चित्रकला प्रदर्शनी हुने भएको छ । आज शुक्रबार प्रारम्भ हुने उक्त प्रदर्शनीमा मेजस्कीका २० वटा चित्र हेर्न पाइनेछ । 

अमेरिका, पोल्यान्ड तथा युरोपमा चित्रकला प्रदर्शनी गरिसकेका मेजस्कीको नेपालमा यो पहिलो चित्रकला प्रदर्शनी हो । दिल्लीस्थित पोलिस इन्स्टिच्युटद्वारा आयोजित यो प्रदर्शनी भदौ १४ गतेसम्म चल्नेछ । 

प्रकाशित :भाद्र २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×