पछिल्लो पुस्ताका गम्भीर अभिनेता हुन्— गौरव पहारी । चलचित्र होस्टलदेखि हालसम्म आइपुग्दा उनले अभिनय गरेका प्राय: सबै चलचित्र सफलसमेत छन् । पहारी आफ्नो पछिल्लो चलचित्र मिस्टर भर्जिनबाट निकै आशावादी छन् ।
यौनका विषयमा तपार्इंको धारणा ?
यो सामान्य कुरा हो, लुकाउनुपर्ने विषय होइन । हाम्रो देश यो विषयमा उदार हुन नसक्दा बलात्कारजन्य घटनाहरू बढिरहेका छन् । यदि सेक्सका विषयमा उदार बन्ने हो भने ती घटनासमेत कम हुन्छन् ।
मिस्टर भर्जिनमा अभिनय गर्नुको कारण ?
नेपालको पहिलो सेक्स कमेडी भएकाले त्यसै पनि यो चलचित्र एउटा इतिहास हो । अर्को कुरा, यो चलचित्रको मुख्य सन्देश सेक्सप्रतिको समाजको दृष्टिकोण फराकिलो हुनुपर्छ भन्ने हो । त्यसैले पनि म यो चलचित्रमा अभिनय गर्न राजी भएको हुँ । यो चलचित्र एउटा कोशेढुंगा नै सावित हुनेछ, म यसबाट पूर्ण रूपमा आशावादी छु ।
तपाईंका विगतका चलचित्रभन्दा के अर्थमा फरक छ यो चलचित्र ?
धेरै फरक छ । मैले विभिन्न चलचित्रमा फरक–फरक भूमिका निर्वाह गरेको छु । यो चलचित्र त त्यसै पनि फरक छ । विगतका चलचित्रमा भन्दा अझ बढी मेहनत गरेको छु ।
चलचित्रसँग तपाईंको जीवन मेल खान्छ ?
मज्जाले, यो हरेक युवायुवतीको कथा हो । फरक यति हो कि मानिसहरू सेक्सका विषयमा खुलेर कुरा गर्दैनन । यो चलचित्रले त्यही अवस्था देखाउँछ ।
तपाई चाहिँ भर्जिन कि... ?
नो, म भर्जिन होइन । म ढाँट्दिन । मैले सानैमा आफ्नो भर्जिन तोडिसकेको छु । म यो विषयमा पूर्ण जानकार छु । मलाई राम्रो अनुभव छ ।