साप्ताहिक संवाददाता
अमेरिकामा बस्दै आएका गीतकार मणिराज बस्नेतको माया पिरती सार्वजनिक भएको छ । काठमाडौं फर्पिङ्का गीतकार बस्नेत हाल अमेरिकाको कलोरोडो बस्दै आएका छन् । उनको माया पिरती बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा गायक हेमन्त शर्माको स्वर रहेको छ । बिबि अनुरागीको संगीत रहेको गीतको म्यूजिक भिडियो निर्देशन भने निकेश खड्काले गरेका छन् । सार्वजनिक गीतको म्यूजिक भिडियो मार्फत पहिलो पटक अभिनेत्री आँचल शर्मा र अभिनेता आकाश श्रेष्ठ जोडीका रुपमा देखा पर्दै छन् । भिडियोमा गायक शर्माले पनि अभिनय गर्न भ्याएका छन् ।
बुद्ध थापाले खिचेको म्यूजिक भिडियो बिकास धमलाले सम्पादन गरेका हुन् । गीतका बस्नेतले गत वर्ष गायक शर्मा तथा संगीतकार अनुरागीसँगै सार्वजनिक गरेको ‘हारे आज’ बोलको गीत निक्कै रुचाइएको थियो ।
माया पिरतीको म्यूजिक भिडियो :