साप्ताहिक संवाददाता
भाद्र ७, २०७५
पछिल्लो समय चर्चामा रहेका गायक सिडि विजय अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । गायक अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर यसै साता ‘भर छैन तिम्रो माया’बोलको गीत सार्वजनिक गरेका हुन् ।
होम बहादुर घलेले लेखेको उक्त गीतमा अधिकारी आफैले संगीत भरेका छन् । गीतमा राजु कार्कीले संगीत संयोजन गरेका छन् ।
सार्वजनिक गीतको म्यूजिक भिडियो निर्देशन भने गीतकार घलेले गरेका छन् । उत्सव दाहालले खिचेको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका छन् । म्यूजिक भिडियोमा मोडल विनु शाक्यसँग सनम कठायतले जोडी बाँधेका छन् ।
भर छैन् तिम्रो मायाको म्यूजिक भिडियो :