साप्ताहिक संवाददाता
भाद्र ८, २०७५
आज भदौ ८ गते शुक्रबारदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘खबर हराएको चिठी’ मञ्चन हुँदैछ । यो नाटकमा द्वन्द्वको समयमा बेपत्ता पारिएका नागरिकको परिवारको समस्या चित्रण गरिनेछ । भदौ १० गते आइतबारसम्म चल्ने नाटक मञ्चनमा नेपालका विभिन्न ठाउँका कलाकारको अभिनय हेर्न पाइनेछ ।
नाटकमा किरण चाम्लिङ राई, चेतन आङथुपो, आकाक्षा कार्की, रेनुका कार्की, पशुपति राई, परिवर्तन, शंकर रिजाल, सुदाम सिकेका साथमा पोखरा थिएटरका कलाकारले अभिनय गर्दैछन् । यो नाटक सिजन दाहाल र केदार श्रेष्ठको आलेख, बिमल सुवेदीको सहजीकरण तथा राजन खतिवडाको संयोजनमा तयार भएको हो ।