साप्ताहिक संवाददाता
सनम मल्लले लेखेको चलचित्र रेनी आजदेखि देशव्यापी प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित रेनीमा सनम तथा दीपकको प्रेम कथालाई विशेष रूपमा प्रस्तुत गरिएको बताइन्छ । बिमला मल्ल एवं सञ्जीव मल्लले निर्माण गरेको यो चलचित्रमा अभिनेता सरोज खनाल र दीपक ढकालबाहेक अरू सबै कलाकार नयाँ छन् ।
काठमाडौं उपत्यकाका साथै कुलेखानीमा खिचिएको यो चलचित्र एक्सन, लभ तथा कमेडीका साथै सामाजिक सन्देशयुक्त भएको निर्माता बिमला मल्ले बताइन् । डेढ महिना लगाएर छायांकन गरिएको चलचित्र रेनीका छायाँकार जयराम थापा हुन् । १ करोडभन्दा माथिको लगानीमा निर्माण भएको रेनी ५० भन्दा बढी हलमा प्रदर्शन हुने अनुमान गरिएको छ ।
गोविन्द शाहीले वितरण गर्ने चलचित्र रेनीमा राजु किराँतीको एक्सन हेर्न पाइनेछ । डेढ महिनाअघि नै छायांकन सम्पन्न भएको यो चलचित्र एक महिनादेखि आक्रामक प्रमोसनमा थियो ।
निर्देशक : गिरीश रिजाल कलाकार : सरोज खनाल, दीपक ढकाल, सनम मल्ल, गिरीश रिजाल, सुरविर पण्डित आदि ।
संगीत : पुष्कर सुनुवार, विनोद खम्वु ।