साप्ताहिक संवाददाता
क्रोएसियाका ज्याक फ्रेले विश्वमै पहिलो फिंगर प्रिन्ट लक सुविधा भएको यूएसबी पेन ड्राइभ तयार पारेका छन् । यसमा डाटा कपि गर्नु भन्दा पहिले आफ्नो फिंगर वा औलाको स्क्यान गर्नुपर्छ । त्यसपछि मात्र यसमा भएको डाटामा पहुँच कायम गर्न सकिन्छ ।
यसलाई कम्प्युटरमा जोड्दा सबैभन्दा पहिले कन्ट्याक्ट म्यानेजमेन्ट सिस्टम ओपन हुन्छ । त्यसपछि एड्मिनिस्ट्रेटरका रूपमा युजरलाई सेट गर्न तथा फिंगरप्रिन्ट एड गर्न सकिन्छ । यसमा सहज तरिकाले आफ्नो प्राइभेसी सेट गर्न सकिन्छ । यसलाई पब्लिक वा प्राइभेट सेक्टरमा सेभ गर्न सकिन्छ ।
पब्लिक सेक्टरमा सेभ गरिएको डाटालाई जसले पनि हेर्न सक्छन् भने प्राइभेट सेक्टरमा भएको डाटालाई एड्मिनिस्ट्रेटरले फ्रिगरप्रिन्टको सहयोगले मात्र हेर्न सक्छन् । उक्त पेन ड्राइभ ८ जीबी, १६ जीबी, ३२ जीबी तथा ६४ जीबी स्टोरेजमा उपलब्ध हुने र आगामी सेप्टेम्बर महिनासम्ममा बजारमा आइसक्ने बताइएको छ ।