साप्ताहिक संवाददाता
युट्युबकै कारण प्राप्त सफलता, प्रेरणा र सुखद् कुरा धेरै सुन्न पाइन्छ । यद्यपि युट्युबलाई ज्ञानको भण्डारभन्दा पनि विकृतिको भण्डारमा परिणत गर्न खोजिएको छनक पनि पाइयो (युट्युबमा जे पनि) । युट्युबरहरूको ध्यान भ्युज बटुल्न विकृति भित्र्याउने होइन, समाज रूपान्तरणका लागि सकारात्मक सन्देश फैलाउनेतर्फ जाओस् ।
दिपेश पुन
कर मात्र लिने, नागरिकप्रतिको कर्तव्य निर्वाह नगर्ने हो भने त्यसको के अर्थ ? (कर तिर्ने रहर) मनोज गजुरेलको जनताले कर लगाइदिने कुरा मलाई मन पर्यो । गजुरेल रमाइलो तरिकाले गम्भीर विषय पनि उठान गर्नुहुन्छ । मलाई उहाँको यही शैली मन पर्छ ।
ऋतिका महर्जन
भरतशमशेरका बारेमा धेरै नयाँ कुरा जान्ने अवसर पाइयो (यात्रा सन्दर्भ : सिनेमा र राजनीतिका हस्ती) शक्तिशाली राणा परिवारको भएर पनि उनको किशुनजीसँगको राजनीतिक तथा व्यक्तिगत सम्बन्धको पनि प्रशंसा गर्नैपर्छ । भरतशमशेर जंगबहादुर राणा आदर गर्न लायक व्यक्तित्व रहेछन् ।
अनुपम कार्की
अग्र्यानिकका नाममा काठमाडौंमा व्यापार गर्ने सबैले अग्र्यानिक वस्तु बेच्दा रहेनछन् । अब ध्यान पुर्याउनुपर्ने भयो (अग्र्यानिक भनेर कालिमाटीको तरकारी पनि बेचिन्छ) । स्वास्थ्यजस्तो गम्भीर कुरामा मुख्य भूमिका रहने खानपिनमै यस्तो हेलचेक्र्याइँ हुन्छ भने सहरमा के खाएर बाँच्ने ? सरकारले व्यवस्थित र मापदण्ड पूरा गरेका उत्पादन खरिद गर्न सकिने अग्र्यानिक बजार स्थापनाका लागि पहल गर्नुपर्यो ।
रोशन राना
पर्वतारोहणजस्तो विषयमा ढिलै भए पनि अध्ययन–अध्यापन प्रारम्भ भएछ, खुसी लाग्यो (अब पर्वतारोहणसम्बन्धी अध्ययन) । नेपाल हिमालै हिमालको देश भएकाले यो विषयले हाम्रो देशको पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्याउनेछ भन्ने विश्वास लिएको छु ।
छिरिङ शेर्पा
नेपालमा उद्योग, कलकारखाना खोल्न तथा उत्पादन मुलक कार्य गर्न कसैको ध्यान जाने होइन (सोमबार नेपाल मेकअप कम्पिटिसन—२०१८) । यस्तै कार्यक्रम गर्यो, फेसनमा रमायो भुल्यो, सामान आयात गर्यो, व्यापार घाटा बढायो । बरु त्यसको साटो हिमाल तथा पर्यटनसम्बन्धी अरू विषयमा कार्यक्रम गरे हुन्छ नि !
रुद्रप्रसाद जोशी
पूजाजस्ता उदीयमान अभिनेत्रीहरूले अरूसँग टक्कर लिने कुरा गर्नुुभन्दा मेलमिलापको संस्कृति अनुशरण गर्नुपर्छ । (पूजा शर्मासँग इन्काउन्टर) हामी नयाँ पुस्ताले नेताहरूजस्तो झगडिया होइन, मिलेर अघि बढ्ने संस्कार बसाउनुपर्छ । पुजाजी हामी युवाहरूको रोलमोडल हुनुहुन्छ, हामीले उहाँबाट यस्तै व्यवहारको अपेक्षा गरेका छौं ।
मिलन पहाडी
तीज आउनेबितिकै तीज गीतको बाढी लाग्छ (तीज गीतमा फरक स्वर) । यद्यपि तीज गीतमा नयाँ स्वर आउनुले सुनमा सुगन्ध थपेको छ । अब मौलिक एवं कालजयी तीजका गीत गाइनुपर्छ ।
रिता शिवाकोटी
ढुकुवा प्रेम गर्नु नै महिलाका लागि अभिशाप बन्छ (नीता फेरि प्रेममा †) त्यसैले यस्ता चक्करबाट टाढै बसौं ।
सुनुवार अर्जुन
नेपालमा जहिले पनि भारतकै नक्कल किन गरिन्छ ? (अर्को सातादेखि भ्वाइस अफ नेपाल) स्वयं नयाँ सिर्जना गर्न सकिँदैन ?
सुशील क्षेत्री
श्रद्धाको लुक निकै मन पर्यो (ब्लोअप : श्रद्धा क्षेत्री) । आशा छ, उहाँको भित्री सौन्दर्य पनि यतिकै प्रभावशाली र सुन्दर होस् । उहाँले राम्रो काम गरेर सफलता पाएको हेर्न पाइयोस् ।
प्रमिता गुरुङ
नयाँ कानुनअनुसार कुन अपराधमा के सजाय भन्ने जानकारी पाइयो (के छ मुलुकी अपराध (संहिता) ऐनमा ?) आगामी दिनमा पनि साप्ताहिकमा यस्तै काम लाग्ने र जानी राख्नुपर्ने विषयहरू समेटियोस् ।
नवीन पूर्वेली
सेकुवा पारखीहरूका लागि सहरका सेकुवा कर्नरसम्बन्धी जानकारी राम्रो लाग्यो (सहरमा सेकुवा) । सहरका नयाँ–नयाँ खानेकुरा र पाइने ठाउँका सम्बन्धमा यस्ता जानकारी प्रकाशन भैरहून् ।
मनोज खत्री