साप्ताहिक संवाददाता
फुड एन्ड वेवरेज अफर
खानपिन तथा मदिरा प्रेमीहरूका लागि ठमेलको काभा रेस्टुराँले अनलिमिटेड अफर ल्याएको छ । यो अफर प्रत्येक शनिबार उठाउन सकिनेछ ।
स्थान : काभा रेस्टुराँ ठमेल,
समय : बेलुका ७ बजेदेखि १०:३० सम्म प्रवेश शुल्क : १ हजार ९ सय ९९ रुपैयाँ प्रतिव्यक्ति
खाना तथा मदिरा : अनलिमिटेड बफेट तथा हाउस वेभरेज
विकेन्ड लाइभ
विकेन्डलाई संगीतमय बनाउँदै खानपानमा रमाउनेहरूका लागि सहरमा नयाँ भान्साघर खुलेको छ । लामो समयदेखि सक्रिय गायक सञ्जय श्रेष्ठले त्यस्ता ग्राहकलाई लक्षित गर्दै महाराजगन्जमा भकारी भान्छा घर एन्ड बार सञ्चालनमा ल्याएका हुन् । भदौ १ गते सांगीतिक क्षेत्रका हस्तीहरू हरिष माथेमा, भीम तुलाधर, योगेश्वर अमात्य, जेम्स प्रधान, ज्योति घिमिरे, सुमन श्रेष्ठ, बबिन प्रधान, सचिन रौनियार आदिले संयुक्त रूपमा उक्त बारको उद्घाटन गरेका थिए ।
भकारी भान्सा घरमा नेपाली खानाका साथै इन्डियन तथा कन्टिनेन्टल परिकारको चाख्न पाइनेछ भने कफी पारखीहरूका लागि अन्तर्राष्ट्रिय स्तरको कफी समेत उपलब्ध हुनेछ । प्रत्येक साताको शुक्रबार खानाका साथै सांगीतिक प्रस्तुति दिने र हरेक महिनाको अन्तिम शुक्रबार नेपालका कुनै एक सांगीतिक हस्तीलाई प्रस्तुत गर्ने गायक श्रेष्ठले बताएका छन् ।