प्रकाश सुवेदीले चलचित्र ‘बकमफुसे राजा’ मा राजाकै भूमिका निर्वाह गर्ने प्रस्ताव राखे भने ?
पहिले त फुरुङ्ग पर्छु । त्यसपछि राजा नभएको देशमा राजा हुन पाउँदा झनै गद्गद् हुन्छु ।
नायिका पूजा शर्माले डेटिङ जाने प्रस्ताव राखिन् भने ?
कुन चलचित्रका लागि भनेर सोध्छु, किनभने वास्तविक जीवनमा त उनले यो प्रस्ताव राख्ने सम्भावना शून्य नै छ ।
साली कसको भेनाको किन भनिएको होला ?
साला कसको भेनाको भन्दा अलि अनौठो सुनिने भएर पो हो कि ?
बाथरुममा नुहाइरहेको अवस्थामै तपाईंलाई प्रहरीले समातेर लग्यो भने ?
कम्तीमा राम्रोसँग नुहाउन दिनुहोस्, कट्टु लगाउन दिनुहोस् अनि मात्र लानुहोस् भनेर आग्रह गर्थें ।
सूर्य किन पश्चिमबाट नउदाएको ?
यो प्रश्न मलाई भन्दा पनि हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोध्दा सही जवाफ आउँछ, किनभने उहाँको पार्टीको चुनाव चिह्न नै सूर्य हो ।
मान्छेलाई भोक नलागे के हुन्छ ?
कन्फर्म नै छ, भोक नलागे मानिसलाई ठाउँको ठाउँ ग्याँस्ट्रिक हुन्छ ।
लिफ्टमा भएका बेला दुई घण्टा बिजुली गयो भने ?
१९७ मा फोन गर्छु र कुलमान घिसिङको डाइरेक्ट नम्बर माग्छु ।
तपाईंलाई यो वर्षको महामूर्खको उपाधि दिए के हुन्छ ?
यो उपाधि प्रदान गर्न अलि ढिला भयो कि भन्ने सोच्छु । त्यसपछि मलाई महामूर्ख उपाधि दिने व्यक्तिका बारेमा जानकारी लिन्छु । किनभने त्यो मान्छे म भन्दा दोब्बर महामूर्ख हुनु पर्यो नि ।
घरमा सुतेको बेला ब्युँझिँदा आफूलाई फेवातालको मध्यभागमा पाउनुभयो भने ?
आँखा मिच्दै वरिपरि हेर्छु । त्यहाँसम्म कसरी आइपुगें भनेर गम्छु । फेवातालको पानीमा हात चोप्छु, सपना हो कि बिपना हो भनेर पत्ता लगाउन । सपना रै’छ भने ठीकै छ, बिपना हो भने सिट्ठी बजाएर बस्छु ।
बिर्को ला’को चिनीमा कसरी पस्यो कमिलो ?
त्यत्रो ७ करोड भ्यू पुग्दा पनि न गाना सुन्नेहरूले, न त उक्त गीतका गीतकार राजनराज शिवाकोटीले थाहा पाएँ, मैले कसरी थाहा पाउनु ?