साप्ताहिक संवाददाता
मन मिल्ने र मलाई बुझ्ने
कुनै पनि सम्बन्धलाई दिगो राख्न पहिलो कुरा मन मिल्नुपर्छ, साथै एक–अर्कालाई बुझ्न सक्नुपर्छ । त्यसैले मेरी हुनेवाली जीवनसाथी मन मिल्ने र मेरो भावना बुझ्ने हुन् भन्ने चाहना छ
सहयोगी भावना
सर्वगुण सम्पन्न त कोही पनि हुँदैन, तैपनि मलाई अरूलाई सहयोग गरेको एकदमै मन पर्छ । तसर्थ मलाई सहयोगी भावना भएका युवती मन पर्छन् । साधारण पहिरन तथा मेकअप कतिपय युवती भड्किलो पहिरन तथा मेकअपमा सजिन्छन्, तर मलाई भने साधारण पहिरन र मेकअप गर्ने युवती मन पर्छन् ।
उचाई बराबर होस्
म कुनै युवतीलाई हेर्दा पहिले उनको उचाइ हेर्छु । हुन त सबै कुरा आफूले चाहेजस्तो हुँदैन । यद्यपि मेरी जीवनसाथीको र मेरो उचाइ बराबर होस् भन्ने चाहना छ ।
ब्लाक ब्युटी केटी
धेरैजसोले गहुँगोरो अनुहारलाई प्राथमिकतामा राख्छन् तर मलाई भने ब्ल्याक ब्युटीहरू असाध्यै मन पर्छन् । कलाकारितामा नलागेको मेरो परिवारका सदस्य तथा अन्य आफन्तहरूले कलाक्षेत्रमा लागेकै केटी बिहे गर्छस् होला भन्नुहुन्छ, तर मेरी हुनेवाली जीवनसाथी कलाकारिताभन्दा अलि फरक पेसामा आबद्ध भएकी हुन् भन्ने चाहन्छु । यद्यपि उनी आत्मनिर्भर हुन् ।
मागी विवाह
मलाई प्रेम विवाहभन्दा मागी विवाहमा विश्वास छ । मेरा धेरै आफन्तले प्रेम विवाह गर्नुभएको छ, तीमध्ये कतिपय सम्बन्ध धेरै लामो समय टिकेको देखिनँ । यदि मागी विवाह भयो भने एक–अर्कालाई बिस्तारै बुझ्दै गइन्छ अनि सम्बन्ध पनि राम्रो हुन्छ ।