साप्ताहिक संवाददाता
भाद्र १४, २०७५
सहयोगीनगर, कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेटमा जारी पाँचौं संस्करणको कर्पोरेट इन्डोर क्रिकेट प्रतियोगिताको फाइनल खेल भोली शुक्रवार आयोजना हुँदैछ । यसअघि मंगलबार साँझ क्वाटर फाइनल खेल्ने टोलिको छनोट भएको थियो ।
एनएमबी बैंक, डब्लूडब्लूएफ, ई–सेवा, मुक्तिनाथ विकास बैंक,जनता बैंक, टिम सेन्चुरी तथा श्री एयरलाइन्स क्वाटरफाइनल पुग्न सफल भएका थिए । बुधवार र बिहीबार आयोजना हुने क्वाटरफाइनल तथा सेमिफाइनलका खेलपछि आज शुक्रबार दुई टिमबीच फाइनल हुने आयोजक संस्थाका प्रमुख कृष्ण नेगीले बताएका छन् ।
स्थान : सहयोगीनगर, कोटेश्वर समय : दिउँसो २ बजेदेखि
प्रवेश : नि:शुल्क