साप्ताहिक संवाददाता
न्युरोड, ताम्राकार कम्प्लेक्सको पाँचौं तलामा अवस्थित मोबाइल एक्सचेन्ज कम्पनी इजी मोबाइल केयरले जुनसुकै ब्रान्डको मोबाइल फोन सामसङको स्मार्टफोनसँग साट्ने एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले जुनसुकै फोनजस्तो अवस्थामा ल्याए पनि न्यूनतम मूल्य रु. १ हजारबाट सुरु हुने गरी मूल्यांकन गर्ने कुरा बताएको छ ।
त्यस्तै एक्सचेन्जमा किनेको फोनमा कम्पनीले थप १ वर्षको वारेन्टी उपलब्ध गराउनेछ भने कम्पनीबाट खरिद गरिएको फोन बिग्रिए घरबाटै पिकअप एण्ड ड्रपका साथै मर्मतको सुविधासमेत दिनेछ । यसका साथै कम्पनीले विभिन्न बैंकसँग सहकार्य गरी ती बैंकका क्रेडिट कार्ड होल्डरहरूलाई ६ महिना, १२ महिना तथा १८ महिनाको किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउँदै आएको छ । यो कम्पनीले रु.१ तिरेपछि मासिक किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउने योजना सफलतापूर्वक संचालन गर्दै आएको छ ।