साप्ताहिक संवाददाता
भाद्र १५, २०७५
अनामनगरस्थित मण्डला थिएटरमा आज शुक्रबारदेखि नाटक ‘खबर हराएको चिठी’ मञ्चन हुने भएको छ । यो नाटकमा द्वन्द्वमा बेपत्ता पारिएका नागरिकका परिवारको समस्या चित्रण गरिनेछ ।
भदौ २४ गतेसम्म मञ्चन हुने नाटक खबर हराएको चिठीमा किरण चाम्लिङ राई, चेतन आङथुपो, आकांक्षा कार्की, रेनुका कार्की, पशुपति राई, शंकर रिजाल आदि कलाकारले अभिनय गर्नेछन् ।
यो नाटक सिजन दाहाल र केदार श्रेष्ठको आलेख, बिमल सुवेदीको सहजीकरण तथा राजन खतिवडाको संयोजनमा तयार भएको हो ।