साप्ताहिक संवाददाता
भाद्र १५, २०७५
गायक नटटु शाहको प्रशंसक हुनुहुन्छ र उनको लाइभ म्युजिक सुन्न चाहनुहुन्छ भने भोलि शनिबार बेलुका ठमेलमा रहेको टर्टल लन्ज एन्ड क्लबले तपाईंको इच्छा पूरा गरी दिँदैछ ।
स्थान : टर्टल लन्ज एन्ड क्लव, नर्सिङ चोक, ठमेल मिति: भदौ १६ गते बेलुका ७ बजे ।
भोलि शनिबार कम्बो ब्यान्डको सांगीतिक प्रस्तुतिमा रम्न चाहनेहरूलाई सेकेन्ड इनिङ्गस् रेस्टुरेन्ट एन्ड बारले एउटा अवसर जुराइदिएको छ ।
स्थान: सेकेन्ड इनिङ्गस रेस्टुरेन्ट एन्ड बार, चन्द्रागिरी समय: दिउँसो १ देखि ४ बजेसम्म