साप्ताहिक संवाददाता
प्रधानमन्त्री केपी ओलीका उखान टुक्काहरूको कलेक्सन रमाइलो लाग्यो (वाह ! उस्ताद वा ) । प्रधानमन्त्री ओलीले जसरी उखान टुक्कामार्फत जनतालाई हसाउँछन्, त्यसैगरी मुलुकलाई समृद्धितर्फ डोर्याएर सबै नेपालीलाई खुसी बनाउन पहल गरुन्— शुभकामना ।
समृद्धि तिवारी
गोरुजात्रा हाम्रो जिल्ला संखुवासभामा मनाइन्छ (गोरुजात्रा किन नमनाइएको होला ?) ।
सुशीलचन्द्र लम्साल
कयौ नेपाली युवा छडके हान्न नसकेर हिंसात्मक आन्दोलनको सिकार भएँ (हिंसात्मक आन्दोलनलाई छडके हानेर) । पवित्रा खड्काले छडके हान्दै काठमाडौं आएर राम्रो गरिन् । किशोर नेपालले सरल भाषा र सुन्दर तरिकाले द्वन्द्व कालको पुनर्ताजगी गराइदिनुभयो ।
पुनित पौरखी
सन्दीप क्षेत्री र रवीन्द्र झाको फरक शैलीको कुराकानी रमाइलो लाग्यो । (दर्शक कमेडीबाट अघाएका छैनन्) उहाँहरू दुवैको प्रतिभालाई मान्नैपर्छ ।
लालु यादव
गाईजात्रा जनता हँसाउने एउटा प्रमुख कार्यक्रम हो (ह्याप्पी गाईजात्रा) । गाईजात्रामा समाजका विकृतिविरुद्ध खुलेर व्यंग्य गरिन्छ । यस पटक काठमाडौंमा गाईजात्रा महोत्सव नै भएन । आयोजकहरूले हल पाएनन भन्ने सुनियो । सरकार, एउटा राम्रो हलको ब्यवस्थापन गर्नुपर्यो ।
मनिष बज्राचार्य
नेपाली युवाहरू पनि प्रतिभाशाली छन् । (अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा नेपालको पहिलो सहभागिता) तर के गर्नु देशको हालत नै त्यस्तो छ, युवा प्रतिभाहरूलाई अगाडि बढाउने विषयमा कुनै ठोस कार्यक्रम नै ल्याइदैन् । जे भए पनि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा सहभागिता जनाएकोमा खुसी लाग्यो ।
रमन डाँगी
सिर्जनशीलताको खडेरी देखियो । (सुस्ताए हास्यगीत) अहिलेको पुस्ताले हास्य गीतको महत्व बुझ्न नसकेको पनि हो कि ?
लक्ष्मी चौधरी
छोइला मेरो प्रिय परिकार हो । (विकेन्ड : स्न्याक्स) छोइलासम्बन्धी सामग्री मन पर्यो, तर त्यो अधुरो लाग्यो । छोइलाका अरु धेरै परिकार पनि छन्, ती परिकारका सम्बन्धमा समेत जानकारी दिनुपर्यो ।
स्वरुप राजकर्णिकार
युट्युबका बारेमा अघिल्लो अंकमै धेरै सामग्री समेटिएको थियो । यस पटक पनि युट्युबसम्बन्धी सामग्री प्रकाशन भएछ (युट्युबमा चल्दै हास्य सिरियल) । अरु विषयहरू पनि समेट्नुपर्यो ।
इन्द्र राई
जे चल्यो त्यसकै पछि लाग्ने त नेपालीहरूको बानी नै हो । (हास्य चलचित्रको लहर) आफूले केही फरक गरेर देखाउनुको साटो अरु जे गरेर हिट भएका छन्, त्यही सुत्र पछ्याउने नेपाली बानी मलाई फिटिक्कै मन पर्दैन ।
सलोजा रावल
नयाँ कमेडीयनहरूलाई गुड लक भन्न चाहन्छु । (न्यू जेनेरेसनका कमेडियन) तर, म पछिल्लो पुस्ताका कमेडियनहरूले थप मेहनत गर्नुपर्ने देख्छु ।
अनुपम शाही
सशक्त नारी पात्रको भूमिकामा अभिनय गर्ने आँचलजीको धोको चाडै पूरा भएको हेर्न मन छ । (आचलको हस्की स्वर) म उहाँको सौन्दर्यको प्रशंसक हुँ ।
विमल प्रसाई
ऊ प्रेमी होइन, प्रेमको नाममा कलंक हो । (मायाले मार्यो) यस्तालाई कडाभन्दा कडा सजाय दिनुपर्छ ।
ज्योति कार्की
नेपालको फुटबलले कहिल्यै राम्रो नतिजा नदिने भयो । (फुटबलको दुर्भाग्य) भौतिक पूर्वाधार र खेलाडीहरूलाई समयअनुकूल प्रशिक्षक तथा सुविधाहरूमा लगानी नगरेसम्म यस्तो दुर्दशा कायम रहनेछ ।
धर्मेन्द्र रानाभाट
हास्यकलाकारका श्रीमती सम्बन्धी सामग्री मन पर्यो । पर्दाका हिरोहरूका रियल हिरोइनहरूका बारेमा जानकारी पाइयो ।
कनिष्क देउजा
क्रिकेट हेर्न सकिने नेपाली साइट पनि प्रशस्तै रहेछन् (नेपाली क्रिकेट हेर्ने स्वदेशी साइट) । अब स्थानीय प्रतियोगिताहरूको पनि लाइभ दिनुपर्यो ।
प्रशन्न थापा