साप्ताहिक संवाददाता
सामान्यत: एउटा म्युजिक भिडियो करिब २ लाख रुपैयाँको लगानीमा तयार हुन्छ । चलचित्रका लोकप्रिय अभिनेता–अभिनेत्रीहरू समावेश गरिएका ती भिडियोको बजेट ३ लाख पनि कट्दैन । यद्यपि, यो साता एउटा यस्तो एउटा म्युजिक भिडियो सार्वजनिक भयो, जसको बजेट झन्डै १० लाख रुपैयाँ बताइएको छ । झन्डै एक साता लगाएर छायांकन गरिएको उक्त भिडियोको बजेट बढ्नुका थुप्रै कारण छन् ।
तीमध्ये पहिलो कारण हो चार जना चल्तीका कलाकारको अभिनय । अभिनेतात्रय पल शाह तथा पुष्प खड्का अहिलेका महँगा अभिनेता हुन् । भिडियोमा उनीहरूलाई अभिनेत्री दीपिका प्रसाईंले साथ दिएकी छिन् ।
यी चार जना कलाकारले झन्डै एक साता लगाएर छायांकन गरेकाले नै भिडियोको बजेट बढेको निर्देशक शान थापाको भनाइ छ । यूट्युबमा सार्वजनिक भएको छोटो समयमै राम्रो दर्शक पाएको उक्त भिडियोमा गायक सुमन केसीको स्वर सुन्न सकिन्छ ।