भाद्र १७, २०७५
चलचित्र सुई–धागा : मेड ईन इन्डियाको ट्रेलर सार्वजनिक भएको छ । उक्त ट्रेलरको कथा र कलाकारहरूको अभिनयको अहिले निकै प्रशंसा भैरहेको छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री अनुष्का शर्माले एउटा रहस्यको खुलासा गरेकी छिन् ।
उनले यो चलचित्रमा काम गर्न सुरुमा मन नलागेको र पछि स्वीकार गरेको बताएकी छिन् । अनुष्काले भनेकी छिन्, जब शरद भेट्न आए, त्यसपछि मैले स्क्रिप्ट राम्रोसँग पढें र अन्य कुरा पनि भयो अनि मात्र मलाई चलचित्रमा काम गर्न मन लागेको हो ।
उनले यो चलचित्रबाट त्यसअघि गरिएको प्रस्ताव निरन्तर रिजेक्ट गरेको समेत बताएकी छिन् । यो चलचित्रमा अनुष्काले पहिलो पटक वरुण धवनसँग जोडी बाँधेकी छिन् । यो चलचित्र २८ डिसेम्बर २०१८ मा प्रदर्शन हँुदैछ ।