साप्ताहिक संवाददाता
अहिलेको युवा पुस्ताको रोजाइको पहिरन हो– नीलो जिन्स । संसारभर लोकप्रिय यही नीलो जिन्समाथि उत्तर कोरियामा भने प्रतिबन्ध छ । त्यहाँ कुनै व्यक्तिले नीलो जिन्स लगाए कठोर श्रम गर्नुपर्ने श्रम शिविरको सजाय भोग्नु पर्ने हुनसक्छ । उत्तर कोरियामा नीलो जिन्समा मात्र प्रतिबन्ध लगाइएको छ । त्यहाँ अन्य रंगका जिन्स भने लगाउन पाइन्छ ।
नाच्नलाई लाइसेन्स
हाम्रो नजरमा जापान संसारकै सबैभन्दा विकसित र सम्पन्न देश हो । त्यहाँको समाज विकासको अनुपातमा त्यतिकै खुला र उदार हुनुपर्ने हो तर अचम्म लाग्न सक्छ सन् २०१५ अघि जापानमा आधी रातपछि सार्वजनिक ठाउँमा नाच्न पाइँदैनथ्यो ।
यो सरकारी प्रतिबन्धका विरुद्ध त्यहाँका प्रसिद्ध संगीतकार रुइची साकामोतोले अभियान नै चलाएका थिए । अन्तत: उनको अभियान सफल भयो र सरकारले रात्रिकालीन नृत्यमा लगाइएको प्रतिबन्ध फुकुवा गर्यो । अहिले जापानका क्लबहरूमा रातभरि नाच्न–गाउन पाइन्छ ।